मिस एसएलसी २०१६’ को ताज तुल्सीमेहर उच्चमाविकी वर्षा थापालाई

80
Want create site? Find Free WordPress Themes and plugins.

६ असार हेटौँडा
आकर्षण ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर तथा द लुक्स फेसन होम पोखराको आयोजनामा हेटौँडामा भएको ‘मिस एसएलसी २०१६’ को ताज तुससी मेहर उच्चमाविकी वर्षा थापाले हात पारेकी छिन् ।
हेटौँडामा भएको फाइनल प्रतिस्पर्धामा १३ जनालाई पछि पार्दै वर्षाले ताज हात पारेकी हुन । विजेता थापाले नगद ३० हजार समेत प्राप्त गरेकि थिईन् । प्रतियोगितामा फस्ट रनरअप सिद्धार्थ सिशुसदनकी आस्था श्रेष्ठ तथा सेकेन्ड रनरअपमा सिमरा पब्लीकी रिजल धिताल भएका छन् । उनिहरुले नगद १५ हजार तथा ५ हजार प्राप्त गरे । प्रतियोगितामा दर्शकको रोजाई अर्थात भ्युअर च्वाईसमा भने प्रतिभा बाँनीया भएकी थिईन् ।
आकर्षण ब्यूटी पार्लरकी अस्मीता श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेबकुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here