मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

36
Want create site? Find Free WordPress Themes and plugins.

साउन ८ – पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । कालीखोलामा ठूलो पहिरो खस्नुका साथै अरु धेरै ठाउँमा पनि साना पहिरो गएपछि अहिले आवातजावत ठप्प भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।

धेरै ठाउँमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने उहाँले बताउनुभयो । मुग्लिन नारायणगढ हुँदै चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न उहाँको आग्रह छ ।

यस्तै दक्षिणकाली हुँदै हेटौंडा जाने सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध छ । अहिले पनि पानी परिरहेकाले खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here