मृगौला रोगी आमाछोराको उपचारको लागि आर्थिक संकलन सुरु

35
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,८
हेटौँडा हाँडीखोला निवासी बिनिता उप्रेती र उनको २१ वर्षीया छोरा आशिष उप्रेतीको दुवैको दुइवटै मृगौलाले काम गर्न छाडेको खबर पाएपछि राष्ट्रिय जागरण अभियान नेपाल,मकवानपुरले ती मृगौला रोगी आमाछोराको उपचारको सहयोगका लागि आर्थिक संकलन गर्दै आइरहेको छ । यसैबिच वुधबार जागरण अभियान मकवानपुरले हेटौँडा बजारमा रहेका पसलहरुमा पुगेर मृगौला रोगी आमाछोराको लागि सहयोग रकम संकलन गरेका छन् । राष्ट्रिय जागरण अभियान नेपाल, मकवानपुरका संयोजक कृष्णराज कोइरालाको संयोजकत्वमा सहयोग संकलन टोलीले हेटौँडा बजारमा सहयोग उठाएका थिए । हेटौँडा, ४ हुप्रचौरबाट सहयोगको लागि हिँडेको टोली, पारिजातपथ, स्कुल रोड, बाइपास रोड, बसपार्क हुँदै राप्तिरोडमा पुगेर सहयोग संकलन गरेको अभियानका सचिव बालकृष्ण दाहालले बताए । हेटौँडा बजारभित्र सहयोगको आग्रह गर्न बाँकी रहेका ठाउँमा  जागरण अभियान टोलीले भोली सहयोग उठाउने दाहालले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here