मेची महाकाली राष्ट्रिय अभियानको मकवानपुरमा तयारी तिब्र

26
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,२३ –
नेपाल कम्युनिष्ट पार्टि एमालेको मेची महाकाली राष्ट्रिय अभियान २०७३ को लागि मकवानपुरमा तयारी तिब्र पारीएको छ । झापाको काकडभित्तााट सुरु भएको अभियान फागुन २७ गते हेटौंडा आइपुग्ने भएको छ । नेकपा एमाले मकवानपुरले आज विशेष बैठक राखेर अभियानका बिषयमा छलफल गरेको छ । १ हजार जना सहभागि रहेको अभियान टोलीलाई आवासको लागि तयारी पुरा भएको छ । मकवानपुरको हेटौंडामा हुने सभामा छिमेकी जिल्ला सहित २० हजार जना सहभागि हुने पार्टिका सचिव एवम् प्रचार विभाग प्रमुख एकलाल श्रेष्ठले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पार्टिका वरिष्ट नेता एवम् पुर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव कुमार नेपाललगायतका नेताले हेटौंडामा हुने कार्यक्रममा सम्बोधन गर्ने श्रेष्ठले बताए ।  २७ गते हेटौंडा आउने टोली २८ गते बिहान चितवन प्रस्थान गर्नेछ । टोलीको स्वागतका लागि स्वागत गेट, ब्यानर राख्ने तयारी पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराइएको थियो । त्यस्तै हेटौडाको सभामा राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत विशेष प्रस्तुती रहेने सचिव एबम् प्रचार विभाग प्रमुख एकलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै अभियान प्रचार प्रसारका लागि पर्चा पम्प्लेट, घरदैलो अभियानलाई पनि तिव्रता दिइएको छ । पार्टिका जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य केदार न्यौपाने, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बिरोध खतिवडा, संसद अनन्त पौडेल, उपाध्यक्ष बद्रि लम्साल, सचिव एकालाल श्रेष्ठ मोर्चा प्रमुख श्रीधर पोख्रेल लगायत जिल्ला, क्षेत्रतहका नेताहरु सहभागि थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here