मोरङमा २ जनाको मृत्यु

24
Want create site? Find Free WordPress Themes and plugins.

असार १४ – मोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकल चालक ४० वर्षका तुलाराम थारू र उनकी श्रीमती सीताकुमारी चौधरी रहेका छन् ।

कोशी राजमार्ग अन्तर्गत विराटनगरको खार्जीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ४३२६ नम्बरको यात्रुबाहक बसले को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मंगलबार दिउँसो भएको दुर्घटनामा मोरङ तेतरिया–३ का तुलारामको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमती सीताको उपचारको क्रममा नोवेल मेडिकल कलेज विराटनगर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here