मोर्चाले संविधान दिवसलाई ब्ल्याक आउटका रुपमा मनाउने

28
Want create site? Find Free WordPress Themes and plugins.

असोज २ – संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रौतहटले असोज ३ गते मनार्इंने संविधान दिवसलाई ब्ल्याक आउट (बत्ती निभाएर) मनाउने निर्णय गरेको छ । मोर्चाका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादवद्धारा आइतबार जारी गरिएको विज्ञप्तीमाा मधेश र मधेसीलगायत आदिवासी जनजाती, मुस्लिमहरुको अधिकार कुण्ठित गरिएको संविधानलाई ब्ल्याक आउटका रुपमा मनाउने निर्णय गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा २०६२÷०६३ को मधेस आन्दोलनको जगमा आएको अन्तरिम संविधानमा उल्लेख भएको अधिकार समेत अहिलको संविधानले कटौती गरेकाले मधेसी, जनजातीहरुको हक अधिकारलाई कुण्ठित पारिएको बताइएको छ । त्यस्तै असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन र संविधानको पक्षमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन आम नागकिरसँग पनि मोर्चाले अपिल गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here