म्याग्दीमा जिप दुर्घटना चालकसहित २ जनाको मृत्यु

8
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२८-

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा बोलेरो जिप दुर्घटना  हुदाँ दुई जनाको मृत्यु भएको छ  भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब ५० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।  जिप दुर्घटनामा शक्त घाईत भएका मध्ये २ जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ का भुपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परि घाईते अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालक सहित ५ जना सवार रहेको घाईतेहरुले बताएपनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटना स्थलमा पुगेका प्रहरी नायब निरिक्षक मिनबहादुर थापाले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here