म्यानमारका रोहिंग्या समुदायमाथि सैनिक दमन, कम्तिमा ४ सयको मृत्यु

21
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१७-

म्यानमारबाट प्राप्त स्याटलाइट तस्बिरहरु विश्लेषण गर्दा रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको बेलायतको राजधानी लन्डनस्थित मानवअधिकार समूह हुमनराइट्स वाचले जनाएको छ । रखिने प्रान्तमा उक्त समुदायमाथि भइरहेको अत्याचारले सोच्न बाध्य बनाएको उक्त समूहको भनाइ छ । संयुक्त राष्ट्रसंघका अनुसार सातादिनयता रोहिंग्या समुदाय र सुरक्षाकर्मीबीच भइरहेका झडपमा करिब चार सय जनाको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीको अत्याचार सहन नसकेर राखिने प्रान्तका ४० हजारभन्दा बढी मानिस भागेर बंगलादेश पुगिसकेका छन् । बंगलादेशका शरणार्थी शिविरहरुमा देखिएका १० हजारभन्दा मानिस नयाँ रहेको राष्ट्रसंघीय उच्चअधिकारी बिबियन टेनले बताएका छन् । ‘सडक किनाराहरुमा नयाँ अस्थायी त्रिपाल देखिन थालेका छन्, खाली रहेको क्षेत्र भरिन थालेको छ,’ टेनले भने ।

विस्थापित भएर बंगलादेश पुगेका उक्त समुदायका मानिसहरुका अनुसार रोहिंग्याको घरमा सुरक्षाकर्मीहरुले जानीबुझी आगो झोसिदिने गरेका छन् । म्यानमार सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । म्यानमारमा बौद्ध धर्म मान्ने समुदायको बाहुल्यता छ । मुस्लिम धर्म मान्ने रोहिंग्या समुदाय त्यहाँको अल्पसंख्यक जाति हो, जहाँ करिब १० लाख जनसंख्याको बसोबास रहेको अनुमान छ । उनीहरुमाथि बंगलादेशबाट अवैध रुपमा म्यानमारमा आएर बसोबास गरिरहेको आरोप बहुसंख्यक जातिले लगाउँदै आएको छ । धेरै पुस्तादेखि म्यानमारमै रहेर पनि उनीहरुलाई सरकारले नागरिकता दिन अस्वीकार गर्दै आएको छ । रखिने प्रान्तमा सन् २०१२ देखि हिंसा भड्किएको हो, जसका कारण एक लाखभन्दा बढी रोहिंग्या थातथलोबाट विस्थापित भइसकेका छन् ।

गत महिना नौ प्रहरीको हत्या भएपछि सेनाले रखिने प्रान्तमा अपरेसन चलाएको छ । त्यसयता सुरक्षाकर्मीको बर्बरताका कारण सयभन्दा बढीको मृत्यु भइसकेको र सयौंलाई गिरफ्तार गरिएको रोहिंग्या कार्यकर्ताहरुले बताएका छन् । म्यानमारको सेनाले उक्त समुदायविरुद्धकेा अपरेसनमा हेलिकोप्टरको प्रयोग पनि गर्ने गरेको छ ।

बीबीसीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here