यात्राका बेला कुनै समस्या भए यात्रुले अब मोवाइलमा म्यासेज गरेर उजुरी गर्न सकिने

28
Want create site? Find Free WordPress Themes and plugins.

साउन १९ – यात्राका बेला समस्या भए अब म्यासेजमार्फत नै उजुरी तथा गुनासो गर्न सकिने भएको छ । यात्राका बेला कुनै समस्या भए यात्रुले ९८५१२९५१०० नम्बरमा म्यासेज गर्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो नम्बरमा अरु मोबाइलमा जस्तै यात्रुले उजुरी वा गुनासा लेखेर म्यासेज गर्न सक्नेछन् । ट्याक्सी मिटरमा जान नमाने, सार्वजनिक गाडीले तोकेको भन्दा बढी भाडा लिए, विद्यार्थी परिचय पत्र वापत छुट नपाए र सार्वजनिक गाडीमा हैरानी वा हिंसा भए यात्रुले ९८५१२९५१०० मा म्यासेज गर्न सक्ने छन् ।

यस्तै ट्राफिक प्रहरीकै कार्यशैलीप्रति पनि गुनासा छ भने पनि यो नम्बरमा म्यासेज मार्फत उजुरी गर्न सकिने महाशाखाले जनाएको छ । महाशाखाले यो नम्बर म्यासेजका लागि मात्रै उपलब्ध गराइएकाले फोन भने नगर्न आग्रह गरेको छ । फोन गर्नै परे ट्राफिक प्रहरीको १०३ वा नेपाल प्रहरीको १०० मा फोन गर्न महाशाखाको आग्रह छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here