यी हुन् प्रदेशसभा ३ का सभामुख

27
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७- 

प्रदेश नम्बर ३ प्रदेशसभाको सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकले एमालेका सानुकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो । बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सदस्य डोरमणि पौडेलले श्रेष्ठको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनु भएको घोषणा गरे । श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका शालिकराम जमरकटेलले सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । यसैबीच, जेष्ठ सदस्य पौडेलले नवनिर्वाचित सभामुख श्रेष्ठलाई बधाई दिए । एमाले पोलिटव्यूरो सदस्य श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएका थिए ।

उनले तत्कालीन काठमाडौं जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हाली सकेका छन् । प्रदेश नम्बर ३ को उपसभामुखको निर्वाचन भने भोली आईतबार २ बजे हुने भएको छ । बामगठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रबीच भएको समझदारी अनुसार माओवादी केन्द्रबाट उपसभामुख चयन हुनेछ । यसैबीच, प्रदेश नम्बर ३ प्रदेशसभा सचिवालयले आईतबार २ बजे प्रदेशसभा उपसभामुखको निर्वाचन हुने सूचना पनि जारी गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here