युरोकपः समर्थकको उपद्रवका कारण रुस दण्डित

37
Want create site? Find Free WordPress Themes and plugins.

३२ जेठ,
फ्रान्समा जारी युरोकप अन्तगर्त समर्थकले गरेको हिंसात्मक व्यवहारका कारण रुसी फुटबल संघ जरिवानामा परेको छ । हिंसात्मक व्यवहारको बदलामा रुसी फुटबल संघले १ लाख ५० हजार युरो तिर्नुपर्नेछ ।

युरोपेली फुटबल महासंघ युइएफएले रुसका अन्य खेलहरुमा समर्थकले यस्तै व्यवहार गरे रुसी टोली प्रतियोगिताबाट अयोग्य हुने प्रष्ट पारेको छ । युइएफएले तत्कालका लागि रुसी फुटबल संघलाई प्रतिबन्ध भने नलगाउने भएको छ ।

रुसका समर्थकलाई रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।

मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसाग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । यइएफएले रंगशाला भित्रै भएका झडपमा रुसी समर्थकलाई दोषि ठहर गरेको हो । उनीहरुले रंगशाला बाहिरपनि ठूलै बितण्डा मच्चाएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here