युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा पोर्चुगल भर्सेस पोल्याण्ड

78
Want create site? Find Free WordPress Themes and plugins.

असार १६ – युरोकप फुटबलको पहिलो क्वाटरफाइनलमा बिहीबार पोर्चुगल र पोल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ । यी दुईबिचको खेल राति पौने एक बजे मार्सेइलमा हुनेछ ।

पोर्चुगलले क्रोएसियालाई हराएर अन्तिम ८ मा स्थान बनाएको हो । यस्तै पोल्याण्डले स्वीट्जरल्याण्डलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको हो । पोर्चुगल र पोल्याण्ड यसअघि मुख्य प्रतियोगिताको अन्तिम चरणमा १० पटक एकअर्कासँग खेलेका छन् । त्यसमा पोर्चुगलले चार खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ । मुख्य प्रतिस्पर्धामा यी दुई देशबिच यसअघि सन् १९८६ र २००२ को विश्वकपमा भएको थियो । पोल्याण्ड यसअघि सन् १९८२ मा युरोकपको सेमिफाइनलमा पुगेको थियो ।

पोर्चुगलल र पोल्याण्डबिच युरोकपको छनौट तथा अन्तिम चरणमा गरी अहिलेसम्म २२ पटक खेल भएको छ । त्यसमा पोर्चुगलले ११ खेलमा जित निकालेको छ भने पोल्याण्ड तीन पटक मात्रै विजयीभएको छ ।

पोल्याण्ड अहिले लगातार तेस्रो पटक युरोकपको अन्तिम चरणमा खेलिरहेको छ । तर यसअघिका दुई प्रतियोगितामा छनौट चरण पार गएर आएपछि अन्तिम चरणमा एउटा खेल पनि जितेको थिएन । तर अहिले पोल्याण्ड क्वाटरफाइनलमा पुगेको छ । अघिल्ला दुई प्रतियोगितामा तीन खेल गुमाएको तथा तीन खेलमा बराबरीमा रोकिएको थियो । तर यो प्रतियोगितामा भने पोल्याण्डले अहिलेसम्म दुई खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पोल्याण्डको सबै भन्दा ठूलो सफलता भनेको सन् १९७४ र १९८२ को फिफा विश्वकपमा काश्य पदक प्राप्त गर्नु हो ।

पोल्याण्डका रोर्बट लेवान्डोस्की युरोकपको छनौट चरणमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले १३ गोल गरेका छन्, तर उनले यो युरोकपको अन्तिम चरणमा अहिलेसम्म एक गोल पनि गरेका छैनन् ।

पोर्चुगल लगातार छैटौं तथा समग्रमा सातौं पटक युरोकपको अन्तिम चरणमा खेलिरहेको छ । सबै सहभागितामा र्पोचुगल समूह चरणबाट अघि बढ्को छ । सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा पोर्चुगल फाइनलमा पुगेको थियो । तर ग्रिससँग १–० ले पराजित भएर उपविजेतामा सीमित भएको थियो ।

पोर्चुगलले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो युरोकपका सर्वाधिक गोलकर्ता बन्ने क्रममा छन् । यो प्रतियोगितामा दुईसहित समग्रमा ८ गोल गरेका रोनाल्डो सर्वाधिक गोलकर्ता मिचेल प्लाटिनी भन्दा एक गोलले मात्रै पछि परेका छन् ।
– स्रोत : युइएफए

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here