युसेस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा मामाघरमा सहयोग

14
Want create site? Find Free WordPress Themes and plugins.

चैत्र,१२-
युसेस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिकोत्सव कार्यक्रमको अवसरमा नगद रु ५ हजार ५ सय ५५ सहयोग उपलब्ध गराएको छ । उक्त कार्यक्रममा युसेसका अध्यक्ष सिद्धिलाल श्रेष्ठले नगद हस्तान्तरण गरेका थिए । कार्यक्रममा मामाघर नेपालका बारेमा संरक्षक अर्पण पराजुलीले मन्तव्य राखेका थिए । कार्यत्रममा  युसेसका निवर्तमान अध्यक्ष बुद्ध शरण लामा , सचिव कुमारी लामा, उपाध्यक्ष विजेन्द अग्रवाल , भरत ब. रोक्का, माधव पोख्रेल , कुमार अधिकारी, पोष्ट राज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।  यसै क्रममा हेटौँडा—४ निवासी श्री विनायक कन्ट्रक्सनका प्रोप्राईटर सरोज गौतमले आफ्नो २६ औँ जन्मदिनको अवसरमा मामाघरका भान्जाहरुलाई मिठाई खुवाई नगद रु १० हजार सहयोग उपलब्ध गराएको मामाघर नेपाल मकवानपुले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here