रक्सी खाएर भिरबाट खस्दा शिक्षकसहित दुई जनाको मृत्यु

60
Want create site? Find Free WordPress Themes and plugins.

असोज १६ – रक्सी खाएर हिँडेका दुई जनाको बझाङको ढोकदिने जंगलको भिरबाट लडेर ज्यान गएको छ । बझाङको पाराकाट्ने–४ का ७० वर्षे मन्दिर साँउद र ३३ वर्षे शिक्षक मदन साँउद शनिबार अत्याधिक रक्सी खाएर राति ढोकदिने जंगल हुँदै घर जान लाग्दा भिरबाट लडेर ज्यान गएको बmझाङका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । उनीहरु भिरबाट दुई सय ५० मिटर तल खसेको र घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मदन साँउद त्रिभुवन माध्यामिक विद्यायलयका शिक्षक हुन् । उनीहरुको बझाङकै झोता स्वास्थ्य चौकीमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here