रमादान महिनामा पर्‍यो दोस्रो चरणको चुनाव, मुस्लिम समुदायको विरोध

34
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,१०-

मुस्लिम समुदायको पवित्र महिना रमादानमा दोस्रो चरणको निर्वाचन मिति तोकिएको भन्दै विरोध सुरु भएको छ । मुस्लिम समुदाय रमादानको महिनामा एक महिना उपवास बस्ने भएका कारण जेठ ३१ को चुनावको मितिमा पुनर्विचार गर्न मुस्लिम समुदायले आग्रह गरेका छन् । सरकार र मधेसी मोर्चाबीच दुई चरणमा चुनाव गर्ने सहमतिअनुसार सरकारले जेठ ३१ गते दोस्रो चरणमा चुनाव गर्ने निर्णय गरेको छ । इस्लामिक धार्मिक पात्रोअनुसार आगामी जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने अनुमान छ । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानीसमेत नखाई दिनभरी उपबास बस्ने चलन भएकाले रमादानको रोजा र चुनाबी अभियान कसरी सञ्चालन गर्ने भनेर निराशा छाएको मुस्लिम धर्मगुरु तथा मौलाना जियाउल मुस्तफा नूरानीले बताए ।

‘मुस्लिम विरोधी कार्य’

एमालेबाट डुडुवा गाउँपालिका प्रमुखकोे उम्मेदवारमा प्रस्तावित शकिल अहमद खाँले भने, ‘रमादान महिनाभर निर्वाचन राख्नु मुस्लिम विरोधी कार्य गर्नु हो भन्ने हामीले ठानेका छौं र आफूलाई मधेसको ठेकेदार सम्झने मधेसी मोर्चाले मुस्लिम समुदायलाई बेवास्ता गर्दै जुन मिति प्रस्ताब गरेको छ त्यो खेदजनक छ ।’ एमाले वैकल्पिक केन्द्रीय सदस्य मो. हारुन हल्वाइले सरकार र मधेसी मोर्चा दुबै मुस्लिम विरोध हुन् भन्ने तथ्य प्रमाणित भएको दाबी गर्दै भने, ‘समुदायले यसको कडा विरोध गर्छ । यसबारे सबै दल सम्बद्ध मुस्लिम अगुवाको बैठक राखेर के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनेछौ ।’

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here