रसुवागढी नाका पाँच दिनदेखि ठप्प

26
Want create site? Find Free WordPress Themes and plugins.

साउन १५ – पहिरोको कारण पासाङल्हामु मार्गको स्याफ्रु–रसुवागढी खण्ड पाँच दिनदेखि अवरुद्ध हुँदा राजश्व संकलन प्रभावित भएको छ ।

स्याफ्रु–रसुवागढिको विभिन्न स्थानमा झरेको पहिरोको कारण यातायात पाँच दिनदेखि बिचबाटोमा नै रोकिएका छन् । रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुका अनुसार साउनको पहिलो हप्ता ९ करोड राजश्व संकलन भएकोमा अहिले भने राजश्व संकलन ठप्प छ ।

नाका खुलाउनका लागि निरन्तर प्रयास भइरहेको र शनिबार पानी नपरेमा सम्पूर्ण पहिरो पन्छाई नाकालाई नियमित बनाउने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here