रसुवामा भूकम्प प्रभावितको टहरामा आगलागी, तीन बालिकाको मृत्यु

41
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७-

रसुवाको नौकुण्ड गाउँपालिका ५ सिस्नेरीमा वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा जलेर ३ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनबहादुर मोक्तानकी छोरी वर्ष ६ की अस्मिता मोक्तान, वीरबहादुर मोक्तानकी छोरी ७ वर्षीया रिपोला मोक्तान र ३ वर्षीया मंगलीमाया मोक्तान रहेको प्रहरीले जनाएको छ।

घरका परिवार गाउँमा घेवामा गएको बेला शनिबार दिउँसो करिब सवा ३ बजे अागलागिमा परि उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए । आगलागीबाट घरमा भएका अन्नपात तथा लत्ताकपडा जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुई वर्षअघिको भूकम्पले घर भत्काएपछि मोक्तान परिवार अस्थायी टहरामा बस्दै आएका थिए।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here