राक्सिराङमा दिउँसै लुटपाट, खसी ब्यापारी गम्भीर घाईते

24
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,२८-

राक्सिराङ गाउँपालिकाको वडा नम्बर ५ सेन्ताखोल्सीमा एक जना व्यपारी लुटिनुका साथै लुटेराको प्रहारबाट उनी गम्भीर घाईते भएका छन् । लुटेराले गोगने घर भई खसी ब्यापार गर्दै आएका कृष्णबहादुर कालिदासलाई लुटपाटका साथै कुटपिट गरेको पत्रकार शिवकुमार रिजाल काशीले जानकारी दिएका छन् ।

लुटेराहरुले उनको साथबाट करिब ४ लाख २ हजार र मोबाईल लुटपाट गरेका छन् । उनको अहिले चैनपुर हेल्थपोस्टमा प्राथमिक उपचार भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाका अनुसार  यस बारेमा अझै एकिन तथ्यांक आउन बाँकी छ । अहिलेसम्म लुटिएको भन्ने जानकारी मात्र आएको र ईलाका प्रहरी कार्यालय मकवानपुरका ईन्स्पेक्टरसहितको टोली घटनास्थलतर्फ खटिइसकेकाले एकिन तथ्य आउन केही समय लाग्ने उनले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here