राजधानीमा पहिरो : आधा सडक नै खस्यो, स्कूटर पुरियो

6
Want create site? Find Free WordPress Themes and plugins.

साउन,२९–

काठमाडौँ जिल्लास्थित बालाजुको बाइसधारा सडकखण्डमा आइतबार साँझ पहिरो गएको छ । बाइसधारामा रहेको अस्टनारायण पिक्चर्स अगाडी रहेको सडकमा पहिरो गएको हो । पहिरोमा परी एउटा स्कूटर पुरिएको छ भने एउटा बाइक र कारमा सामान्य क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने हुन पाएन । बाइसधाराबाट ककनितर्फ जाने सडकको छेउपट्टिको आधा भाग साँझ करिब चार बजे भासिएर पहिरो खसेको हो ।

उक्त सडकमा अझै पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । सडक निर्माणको क्रममा ठेकेदारको लापर्बाहिको कारण पहिरो गएको स्थानीयको आरोप छ । कमजोर निर्माण र केही दिनदेखिको बर्षाका कारण सडक भासिएको प्रहरिले जनाएको छ । पहिरो खसेको स्थानमा ठेला पसलहरु सन्चालन गरिदै आएको थियो । सडक चर्कन थालेपछि ति पसलहरु हटाइएकाले मानवीइ क्षति हुन पाएन । पहिरोका कारण बिजुजीको पोल समेत भाचिएको छ । जसका कारण बाइपासका केही क्षेत्रमा बिद्धुत तथा इन्टरनेट सेवा बन्द छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here