राजधानी मागमा वीरगञ्जमा धेरै टायर बले र दर्जनौँ गाडी तोडफोड भए

7
फाईल तस्बिर
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२१-

वीरगञ्जमा दुई नम्बर प्रदेशको राजधानी हुनुपर्छ भनेर ३२ दिनदेखि अनशनमा छन् स्थानीय । आठ जिल्ला रहेको दुई नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेसँगै त्यहाँको आन्दोलन चर्केको छ ।

पूर्वको सप्तरीदेखि पर्सासम्मका जिल्ला दुई नम्बर प्रदेशमा पर्छ । राजधानी मागमा वीरगञ्जमा धेरै टायर बले र दर्जनौँ गाडी तोडफोड भए । चिसो र शीतलहरले कठ्यांग्रिएको वीरगञ्जमा आन्दोनका नाममा बलेका टायरमा जीउ तताउनेहरु पनि देखिए । आन्दोलन उत्तेजित बनाउन हो वा भावनात्मक रुपमा मुख्यमन्त्रीका लागि रकमीकलमी घोषणदेखि टायरको आगो तापेर रमिता हेर्नेसम्मका दृश्यले दिने संकेत के हो ?

वीरगञ्जमा प्रदेश राजधानी मागिरहदाँ पर्साबाहेका सात जिल्ला मौन छन् । यो मौनताले प्रदेशको अस्थायी राजधानी जनकपुरलाई समर्थन गरेको हो वा होइन भन्न सकिँदैन । संघीयता माग्दा आफूअनुकुल मात्र सोचिएको भए त्यो कत्ति जायज छ ? पुनर्विचार जरुरी छ । मलाइ त जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १४ मै प्रदेश दुईको राजधानी भए पायक पर्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here