राजावादी मान्छेहरु सलबलाउन थाले

319
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २१ – नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले राजावादी सलबलाउन थालेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाले गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले तीन ठूला राजनीतिक दलहरुमा बढदै गएको तिक्तताले गर्दा राजावादी शक्तिहरु सलबलाउन थालेको बताउनुभयो । राजावादीलाई सलवलाउन नदिन पनि तीन ठूला दल एक हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।  त्यस्तै उहाँले एक वर्ष भित्रमा तीन तहको निवार्चन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताउनुभएको छ । चैतमा स्थानीय निकाएको निर्वाचन नहुने संकेत आएकोले संविधान कार्यान्वयन हुनेमा ठूलो संकट देखिएको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथि लगाइएको महाअभियोगमा नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here