राजेन्द्र महत्तोद्रारा छठ पछि कठोर आन्दोलन गर्ने चेतावनी

69
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ९ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले छठ पछि कठोर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बाराको पचरौता बेनौलीमा सद्भावना पार्टीले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महत्तोले अबको आन्दोलन अहिलेसम्म भएका आन्दोलनहरु भन्दा कठोर हुने बताउनुभयो । उहाँले प्रमुख राजनीतिक दलहरुले मधेसको मुद्धालाई ओझेलामा पार्न अख्तिर दुरुपयोग अनुसन्धान आयोगाका प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा महाअभियोगको मुद्धा दर्ता गराएको आरोप लगाउनुभयो । अध्यक्ष महत्तोले भन्नुभयो ‘प्रमुख ठूला राजीतिक दलहरुले लोकमानको मुद्धा अगाडि सारेर  मधेसको मुद्धालाइ छाँयामा पार्न खोजेका छन्, तर हाम्रो मुद्धालाई लोकमान प्रकरणले ओझेलमा पार्ने छैन ।’उहाँले सत्तामा रहेका मुख्य राजनीतिक दल कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका बेला मधेसी मोर्चासँग भएको संविधान संसोधन गर्ने सम्झौता कार्यान्वयन गर्न नचाहेको आरोप लगाउदै आफूहरुलाई ठूला दललेनै पुनः आन्दोलनमा धकेल्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टी, नेकपा एमाले, नेपाली कांग्रेसलगायतका विभिन्न पार्टी परित्याग गरी झण्डै पाँच सय जना सद्भावना पार्टीमा प्रवेश गरेको सदभावना पार्टी बारा अध्यक्ष सफिक अन्सारीले जानकारी दिनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here