रात्रिबसले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु

39
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,११

बाराको पथलैयास्थित रोकी राखेको ट्रकलाई पछाडीबाट यात्रुबाहक रात्रीसेवा बसले ठक्कर दिँदा बसचालकको मृत्यु भएको छ भने अन्य चारजना यात्रु घाईते भएका छन् । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ना४ख६४५१ नम्बरको शिवजी ट्राभल्सको रात्रीसेवा बसले बिहान ५ बजे पथलैया राजश्व कार्यालय अगाडि रोकी राखेको ना४ख १५२ नम्बरको ट्रकलाई तिब्र गतीमा ठक्कर दिएको थियो । ठक्करबाट बस चालकसहित पाँचजना मानिस घाईते भएका थिए । दुर्घटना लगतै घाईते सबैलाई उपचारको लागि सिमरा अस्पतालमा लैजाँदा डाक्टरले बस चालक बर्ष ३५ का लालबाबु महतोलाई मृत घोषित गरेको ट्राफिक प्रहरी पथलैयाका प्रमुख एसपी ईश्वरी चापागाँईले बताएका छन् । बसमा सवार अन्य घाईते हुनेहरुमा समिम अख्तर, राजाराम राउत, रमेश यादव, लखिन्द्र मण्डलको सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रात्रिसेवा बस तिब्र गतीमा रहेको कारण अनियन्त्रित भई रोकीराखेको ट्रकमा ठोक्किन प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । ठक्करबाट बस र ट्रक दुबै क्षतिग्रस्त बनेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here