राप्रपाको आन्दोलनका कार्यक्रम स्थगित

42
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,७–

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राप्रपाले निर्वाचन आयोगले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णय गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।  स्थानीय तहको चुनाव पार्टीको मुख्य एजेण्डा भएको र चुनावको सुनिश्चितता पार्टीको प्राथमिकता रहेको भन्दै राप्रपाले तत्कालका लागि संघर्षको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म विरोध गरिरहने र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाईने राप्रपाका प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  निर्वाचन आयोगले बुधबार नेपालको संविधान र कानून अनुसार नै आयोगले कार्यसञ्चालन गरिरहेको भन्दै कानून अनुसार काम नगर्न दबाब दिने क्रियाकलाप भएको भन्दै यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरेको थियो ।  निर्वाचन आयोगले राप्रपाको विषयमा बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यान आकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनैतिक दलको रुपमा पार्टीले संचालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुन अनुरुप रहेको पनि स्पष्ट पारेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here