राप्रपा अध्यक्ष राणाले मधेसी मोर्चाले राखेका सबै मागहरु पूरा हुन नसक्ने बताए

34
Want create site? Find Free WordPress Themes and plugins.

भदौं २३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेसी मोर्चाले राखेका सबै मागहरु पूरा हुन नसक्ने बताउनुभएको छ । बिहिवार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष राणाले संवैधानिक निकायका प्रमुख पदमा अंगिकृत नागरिकलाई स्वीकार्न नसकिने बताउँदै उहाँले मोर्चाका माग पूरा हुन नसक्ने बताउनुभयो ।  तर अध्यक्ष राणाले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने मधेसी मोर्चाको मागसँग आफू सुरुदेखि नै सहमत रहेको बताउनुभयो । त्यस्तै उहाँले तराई मधेसका एक तिहाई जनसंख्यालाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने पनि बताउनुभयो । संविधान कार्यान्वयनका लागि आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा संलग्न भएको बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here