राप्रपा दर्ता गर्न निर्वाचन आयोगमा

28
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ६ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ ।  पार्टीको ऐतिहासिक एकता घोषणालगत्तै निर्वाचन आयोगमा राप्रपालाई राजनीतिक दलका रुपमा मान्यताका लागि निवेदन गरिएको नेता किरण गिरीले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधानअनुसार एकीकृत राप्रपाको राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता गरी तीन सय सदस्यीय कार्यसमिति रहेको प्रावधान छ । एकीकृत राप्रपाको एकता महाधिवेशन आगामी माघ महिनासम्ममा गर्ने नेताहरुबीच सहमति भएको बताइएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन शीर्ष नेता पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनीले चक्रिय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी बोक्ने भद्र सहमतिअनुरुप आगामी माघ ११ पछि पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी भने महाधिवेशन नहुन्जेलसम्मका लागि डा लोहनीले सम्हाल्नु हुनेछ । हाल पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा हुनुहुन्छ । रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here