रामपुरमा एमाले र माओवादी विद्यार्थीबीच झडप

7
Want create site? Find Free WordPress Themes and plugins.

पुष,१९- 

माउ पार्टी एकताका लागि तयार भएकाबेला चितवनको रामपुरमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच झडप भएको छ । एमालेको अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बीएससी सेकेण्ड सेमेस्टरमा पढ्ने विद्यार्थीको कक्षा मनिटर चयनका विषयमा विवाद भएपछि झडप भएको हो । झडपमा किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै घाइतेको टाउँकोमा चोट लागेको छ । क्याम्पस परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here