‘रामप्यारी’ ट्रेलरमा रेखाको एक्सन नै एक्सन(भिडियो)

41
Want create site? Find Free WordPress Themes and plugins.

महाशिवरात्रीको अवसर पारेर नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रामप्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र २६ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रको ट्रेलरमा नायिका रेखा थापाको एक्सन विशेष देखिएको छ । रेखा चलचित्रमा महिला ट्याम्पु ड्राइभरको भूमिकामा पनि छिन् । तर, ट्रेलरमा रेखाको एक्सन अवतारलाई विशेष जोड दिइएको छ । बाइक उडाउनेदेखि खलपात्रसँग भिड्ने कुरामा रेखा अगाडि देखिएकी छिन् ।

चलचित्रमा सविन श्रेष्ठ, आश्मा डीसीको साथमा नयाँ नायक आभाष अधिकारी मुख्य भूमिकामा छन् । पूर्णरुपमा व्यवसायिक शैलीमा यो चलचित्र निर्माण गरिएको वुझ्न सकिन्छ । रेखाका चलचित्रले नारीको कथालाई उठान गरेको छ । ‘रामप्यारी’ पनि यही शैलीमा निर्माण भएको देखिन्छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here