रामेछापमा बाढीले पुल र घर बगायो, क्षतिको यकिन विवरण आउन बाँकी

53
Want create site? Find Free WordPress Themes and plugins.

साउन,१-

रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको हो । मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको जानकारी घटनास्थलमै रहेकी लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले दिएकी छन् । उनका अनुसार ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

 

बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरकाे दूरीमा छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here