राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा कार्यालय स्थापना

7
Want create site? Find Free WordPress Themes and plugins.

पुस,२९-

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यसैगरी प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ । कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । हरेक कार्यालयमा छुटाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्ऽबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्कोबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here