राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का: कमल थापा

53
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,२१–

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा उहाँले संविधान जारी भएको झण्डै १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । यथास्थितिमा विधेयक स्वीकार्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् ।’ उहाँले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट गर्नुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here