राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ मा दिनमा करिब पाँच करोडको कारोबार

101
Want create site? Find Free WordPress Themes and plugins.

मङ्सिर,७

हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ मा पाँच दिनमा  करिब पाँच करोड रुपियाँको कारोबार भएको बताइएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३ अन्तर्गत् मंगलबार सम्ममा करिब पाँच करोड रुपियाँको कारोबार भएको र एकलाख जनाले मेला अवलोकन गरिएको बताइएको छ । नेको इन्स्योरेन्स पावर बाईको रुपमा रहेको महोत्सव मंगलबारमात्र करिब १५ हजार जनाले अवलोकन गरेको बताइएको छ । मेलामा विशेष दशवटा सुमो तथा सानो अटोका साधनहरु बुकिङ भएको, जाडो महिना स्टल, स्पोर्टस् सामान, भाडाकुँडा तथा बाल उद्यान बढी कारोबार भएको बताइएको छ । ‘मेलामा सहभागी हुनेहरुको संख्या बढिरहेको छ । हामीले सोचेअनुसारकै दर्शकहरु आइरहनु भएको छ’, आयोजक भोम्जन प्रतिष्ठान अध्यक्ष भेष खड्कीले भने | खड्कीका अनुसार मंसिर १३ गते सोमबारसम्म सञ्चालन हुने मेलामा करिब दश करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा मंगलबार  पनि थुप्रै कलाकारहरुको उपस्थिति थियो र मेला भर्न आएकाहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए कलाकारहरुले । मंगलबार चर्चित लोक गायिका कोमल ओली, रितु कँडेल, लोक गायक मदन बिष्ट, मुक्तिनाथ उप्रेती, बाँदल प्रसाईं, आरम्भ व्याण्ड, हास्यकलाकार गणेश केसी तथा स्थानीय कलाकारहरुले मनोरञ्नात्मक कोसेली प्रस्तुत गरेका थिए । तीन सय ५० वटा स्टल रहेको महोत्सवमा म्याराथन, तेक्वान्दो, महिला भलिबलमा सशस्त्र प्रहरी र न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल तथा शारीरिक सुगठनको जिल्लास्तरीय खेल प्रदर्शनी रहेका छन् । खेल महोत्सवमा जिल्लामै पहिलोपटक बुधबार र बिहीबार कुस्ती प्रतियोगिता आयोजना हुनेछ । महोत्सव करिब दुई लाख ५० हजार जनाले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने आयोजकले अनुमान छ । महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी विशेष रहेको छ । बाल उद्यान अन्तर्गत् चाँदतारा र टोराटोरा यस महोत्सवको लागि नयाँ खेल रहेका छन्

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here