राष्ट्रिय सभा सदस्यका उम्मेदवारले साढे ३ लाख खर्च गर्न पाउने

41
Want create site? Find Free WordPress Themes and plugins.

पुष,३०-

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले चुनावमा साढे ३ लाखसम्म खर्च गर्न पाउने भएका छन् । राष्ट्रियसभा चुनाव २४ माघमा हुँदैछ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले चुनाव खर्च तोकेको हो । जसअनुसार सबैभन्दा धेरै गोष्ठी तथा अन्तरक्रियामा १ लाखसम्म खर्च गर्न पाउनेछन् भने सवारी साधन र कार्यालय सञ्चालनमा समान ७०/७० हजार खर्च गर्न पाउनेछन् ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि ‘अल्पसंख्यक समुदाय’ तोक्न सरकारलाई आग्रह गरेको छ । हरेक प्रदेशबाट एक जना अपाङ्ग तथा अल्पसंख्यक निर्वाचित हुनेछन् । साथै आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमूना ३ गतेभित्र बुझाउन दलहरुलाई आग्रह गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २१ दल दर्ता छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here