राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने तयारी

34
Want create site? Find Free WordPress Themes and plugins.

असोज,१८

रक्षामन्त्री बालकृष्ण खाँडले यसअघिको सरकारले तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जन गर्ने तयारी गरिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भइरहेको बताए । नेपालको सुरक्षा अवस्था मजबुद रहेपनि भैपरि आउन सक्ने राष्ट्रिय खतरातर्फ सचेत रहँदै प्रतीरक्षा नीति निर्माण गर्न आवश्यक रहेकाले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नुपर्ने र त्यसमा सरकारले तयारी गरिरहेको बताए । रक्षामन्त्री खाँडले नेपाली भूमी कुनै पनि मूलुकका बिरुद्ध प्रयोग गर्न नदिने र आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको समेत बताए । देश संघीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघीय ढाँचा अनुसार पुर्नसंरचना गर्ने कार्यलाई तीब्रता दिइरहेको मन्त्री खाँणले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here