रासायनिक मलको अभाव झेल्दै गोल्पिङ्गटारका किसान

103
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,११-

हेटौँडा ११ गोल्पिङ्गटार स्थित करिब ६० घरधुरीका बासिन्दाहरु कृषि पेशामा आत्मनिर्भर हुँदै आएका छन् । मौसम अनुसारका खेतिपातीबाट अधिँकाशले जिवन निर्वाह गर्ने गरेका छन् । धान ,मकै , सागसब्जी तथा हरीयो तरकारी उत्पादन यी किसानहरुको दैनिकी जस्तै बनेको छ । तर उनीहरुले खेतिपातीकालागि आवश्यक पर्ने रासायनिक मल समयमा नपाउँदा समस्यामा परेका छन् । त्यसो त रासायनिक मल मात्र होईन आश्यक पर्दा बिऊबिजन पनि नपाउने समस्या उनीहरुले झेल्दै आएका छन् । यो समस्या अहिलेको मात्र नभई बिगत केही वर्षदेखिकै समस्या भएको किसानहरु बताउँछन् । किसानहरुले अहिले एक बोरा मल आवश्यक पर्ने ठाँउमा ४ किलो मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको गोल्पिङ्गटार टोल विकास  संस्थाका सल्लाहकार समेत रहेका राम कटुवालले गुनासो गरे ।  ‘तीन बिगाह जमिन छ ।  धान मकै तरकारी बारीमा लगायो त्यही बेलामा मल पाईदैँन ।’ उनले आक्रोश पोखे । विगत लामो समयदेखि  खेतीकिसानी गर्दै आएका अर्का किसान बासु कट्टेल पनि त्यहि समस्याबाट आफुहरु पिडित भईरहेको बताउँछन् । मलको अभावमा रोपेको बालीनाली  समेत बिग्रने होकि भन्ने डरले सताएको बताउँछिन् स्थानीय लक्ष्मी खड्का । मल र बिऊ बिजनको समस्या झेल्दै आएका कयौँ किसानको सम्बन्धित निकायको ध्यान यसतर्फ नगएको गुनासो गर्छन् ।
कृषिमा नै केही गरौँ भन्ने सोचले केही किसानले व्यवसायीक खेती पनि सुरु गरेका छन् तर आवश्यक मात्रामा मल तथा बिऊबिजन उपलब्ध नहुँदा किसानहरु मार्कामा परेका छन् । जनतालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न योजना बनाउने सरकारको ध्यान यतातिर नपुगेको हो कि ?

चन्द् घलान

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here