रुकुममा मिनि ट्रक दुर्घटना, दुई जनाको मृत्यु

30
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ५ – रुकुमको रुकुमकोट–९ को रातापहरामा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएकोछ । काक्रीबाट रुकुमकोटका लागि छुटेको  बा १ ख ९६९१ नम्बरको मिनि ट्रक आइतबार बिहान दुर्घटना हुँदा मारोवाङ–३ कीसपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर बिकको ज्यान गएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन । घाइते हुनेमा मारोवाङ–३ की  पुर्णीमा सुनार, सल्यानका अर्जुन बिक र रुकुम स्यालाखदीका कमल बिक रहेको प्रहरीले जनाएको छ । घाइतेको स्वास्थ्य चौकी रुकुमकोटमा उपचार भैरहेको छ । घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय रुकुमकोटको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । दुर्घटनाको कारण थाहा नभएको प्रहरीले जनाएको छ  ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here