रुट परमिट नदिए अनशन चेतावनी

43
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,३०  इमोन तराई पहाड यातायात व्यवसायी संघले आफूले सञ्चालन गरेका सवारी साधनहरुलाई तत्काल रुट परमिट नदिए अनशन बस्ने चेतावनी दिएको छ ।बिहीबार रिपोर्टर्स क्लबमा सम्मेलन गर्दै संघका अध्यक्ष इन्द्र बहादुर घ्यावा (लामा)ले सार्वजनिक यातायातमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने ठाउँमा उल्टै सिण्डीकेटलाई नै बढावा दिनेगरी यातायात व्यवस्था विभाग लगायतका सरकारी कार्यालयले रुट परमिट नदिएको आरोप लगाए । उनले भने, ‘हामीलाई तत्काल रुटपरमिट दिनुपर्छ, यदि नदिएको खण्डमा अनशन बस्न तयार छौं ।’ उनका अनुसार काठमाडौंबाट काभ्रे हुँदै सिन्धुली, बर्दिवासबाट पूर्व तर्फका विभिन्न स्थानमा जान आउनको लागि सयौं माईक्रोबसका सवारी धनीहरुले बाटो ईजाजत पाउँ भनी मन्त्रालय तथा विभागमा निवेदन दिएका थिए, मन्त्रालयबाट ०७३ साल जेठ २४ गते सचिव स्तरीय निर्णय गरी ती व्यवसायीहरुले मागेको रुटमा बाटो इजाजत दिनेतर्फ आवश्यक कारवाही गर्नुभनी निश्चित नीति बनाई यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो । विभागले ०७३ साल असार १ मा निर्णय गरी सार्वजनिक यातायातमा एकाधिकार हुनेगरी कानून विपरित १०२ वटा मात्र माइक्रोबसलाई बाटो इजाजत दिन निर्देशनसहित बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा पठाएको आरोप संघले लगाएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले प्रक्रिया पूरा गरेका सवारी साधनहरुलाई तत्काल रुटपरमिट दिनुपर्ने बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here