रुट परमिट नभएको भन्दै ग्रामिण क्षेत्रमा सञ्चालन हुने १ सय ८५ सवारीसाधन सञ्चालनमा रोक

94
Want create site? Find Free WordPress Themes and plugins.

हेटौँडा,२ भदौ
काभ्रेको बर्तादेउरालीमा सोमबार २७ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना पछि सरकारले रुट परमिट जारी नभएका सडकमा सार्बजनिक यातायात संचालन गर्न प्रतिबन्ध लगाउने निर्णय पछि मकवानपुरको ग्रामिण भेगमा सञ्चालन हुने सबै सवारीसाधन आजबाट ठप्प भएका छन् ।
मकवानपुरको हेटौँडाबाट छतिवन, फापरबारी, राईगाउँ, नमटार, कोगटे, आग्रा, डाँडाखर्क, गोगनेलगायतका ग्रामीण बस्तीमा पुग्ने १ सय ८५ वटा यात्रुवाहक सार्बजनिक सवारीसाधन बिहीबारबाट बन्द भएको हो । यात्रुबाहक सवारीसाधन बन्द भएसँगै जनताहरु मारमा परेका छन् । केहि यात्रुहरु जनैपूर्णिमाको लागि आफन्तकोमा जान समेत नपाएको बताएका छन् ।
सवारीसाधन बन्द भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै नारायणी यातायात ब्यवसायी संघले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले अस्थायी रुट परमिटको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाँईले नेपाल सरकारले आवेशमा आएर गरेको निर्णयले आम जनता मारमा परेको बताए । नेपालको अधिकांश ग्रामिण सडकमा रुट परमिट नभएको र आफुहरुले जिल्ला यातायात व्यवस्थापन समिती मार्फत पटक पटक रुट परमिटको माग गरेको अवस्थामा पनि आजबाट स्थाीय जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले सरकारको निर्णय भन्दै रुट परमिट नभएको स्थानमा सबारी सञ्चालनमा रोक लगाउनु गैर जिम्मेवारपूर्ण निर्णय भएको अध्यक्ष चौलागाँईको भनाई रहेको छ ।
विगत ४० वर्षबाट सञ्चालनमा आएको सडकमा जनतालाई सेवा प्रदान गर्दै आएको सवारीसाधन रोकेर जनतालाई दुख दिने माात्र मनासय सरकारको रहेकोले आवश्यक कानुन निर्माण गरि तत्काल रुट परमिटको ब्यवस्था गर्नुपर्ने संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here