रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्रको फस्र्ट लुक सार्वजनिक

92
Want create site? Find Free WordPress Themes and plugins.

असार,७–

दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने–विद्रोहको नेपाली नाम’ को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदाने अमित किसोर सुवेदी  र विकास ढकालल संयुक्त लेखन तथा निर्देशन गरेका हुन्  । दावानल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका  निमार्ता जागृत रायमाझी रहेका छन् ।  चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदीलगायतका झण्डै एक सय कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छाँयांकन बलिउडका सान्ता रावको, निमेष श्रेष्ठको सम्पादन  र जेशन कुँवरको संगीत रहेको छ ।

निर्देशकद्वयले चार वर्ष सम्म रुचपन्द्र विष्टमाथि अध्ययन अनुसन्धान गरेर रुदाने – विद्रोहको नेपाली नाम तयार पारेका हुन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै  निमार्ण  पक्षले चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । रुदाने यसै वर्ष भित्र प्रर्दशनमा आउने र अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ ।

जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको शिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवनसँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निमार्ता जागृत रायमाझिको भनाइ छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता माझ किंबदन्ती बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । आफू सधैँ सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मुख्य उद्धेश्य रहेकाे  निमार्ण पक्षले जनाएकाे छ ।  कवानपुरलाई आफ्नो कर्म भूमि बनाई थाहा अभियान चलाई जनमुखी राजनीति मार्फत  सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा उल्लेख गरिएको पाइँदैन । २०४० को  दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको  रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here