रुपन्देहीमा हत्या गरिएका तिवारीको आज देवघाटमा अन्त्येष्टी

32
Want create site? Find Free WordPress Themes and plugins.

पुस,६–

गएको सोमबार हत्या गरिएका युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको बुधबार अन्त्येष्टी गरिने भएको छ । आफन्तले शव बुझेपछि अन्त्येष्टीको तयारी गरिएको हो । अहिले बुटवलको अस्पताललाइनबाट सवयात्राको सुरु भएको छ । बुटवलबाट तिवारीको घर खैरेनी लगेर त्यहाँबाट देवघाट लगी अन्त्येष्टी गरिने युवासंघले जनाएको छ । शोक सभामा नेकपा एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा युवा संघ नेपालका अध्यक्ष राजिव पहारी सहभागी हुनुहुन्छ । हत्याको छानबीन गर्न बनेको उच्चस्तरीय समितिले बुधबारदेखि काम थालेको छ । प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको समिति बुधबार रुपन्देही आएर काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा बुधबार जिल्ला सुरक्षा समिति बैठकमा एआईजी शर्मा नेतृत्वको समितिले घटनाबारेमा जानकारी लिएको थियो । छानबीन समिति बुधबार नै घटनास्थल पुगेर त्यहाँको बस्तुस्थीतिको बारेमा पनि सोधपुछ गरी जानकारी लिएको छ । गृहमन्त्रालयले मंगलबार प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञान शर्माको संयोजकत्वमा चार सदस्यीय छानबीन समिति बनाएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here