रुपेन्देहीमा किशोरी बलात्कृत, प्रहरीले दर्ता गर्यो मुद्दा

4
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२७- 

बलात्कारको घटनाहरु एकपछि अर्को सतहमा आएका छन् । रुपन्देहीमा पनि एक किशोरी बलात्कृत भएको घटना प्रहरीकहाँ पुगेको छ ।  शौच गर्न गएका बेला रुपन्देहीमा एक किशोरी बलात्कृत भएको प्रहरीकहाँ मुद्दा दर्ता भएको छ ।
घरमा शौचालय नहँुदा रुपन्देहीको कोटहीमाई गाँउपालिका –१ पुर्निहवास्थित १८ बर्षीया किशोरी बलात्कृत भएको उजुरी प्रहरीकहाँ पुगेको हो ।

घटना माघ २३ गते राती १० बजेतिरको हो । खेतमा शौच गर्न जाँदा किशोरीलाईसोही ठाँउ बस्ने २० बर्षीय दीपेन्द्र मल्लाहले बलात्कार गरेको उजुरीमा छ । त्यसपछि आरोपी यूवक फरार छन् । पीडितपक्षले दिएको जाहेरी अनुसार किशारीलाई भीमअस्पताल भैरहवामा स्वास्थ्य जाँच गरिएको थियो । त्यसपछि मल्लाहबिरुद्ध रुपन्देही जिल्ला अदालतमा जर्बजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराइएको तथा आरोपितको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here