रेखा नेपाल महिला भलिबलको ‘गुडविल एम्बेसडर’

23
Want create site? Find Free WordPress Themes and plugins.

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा ‘प्रधानमन्त्री कपड इन्डो नेपाल महिला भलिबलको ‘गुडविल एम्बेसडर’का रुपमा नियुक्त भएकी छिन् ।

बाँके जिल्ला भलिबल संघले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै थापालाई भलिबल दुतको रुपमा नियुक्त गरेको हो । नायिका थापाले आफूलाई दुत नियुक्त गरिएकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिइन् ।

उनले भनिन्-‘म पनि खेल प्रेमी हुँ । विशेषगरि महिला भलिबल टोलीको दुतको रुपमा नियुक्त हुन पाउँदा अत्यन्त खुशी लागेको छ ।’ बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले नायिका थापाको संलग्नताले महिला भलिबल कपले थप उचाई पाएकोमा खुशी व्यक्त गरे ।

दुई संकरण पुरा भैसकेको यो भलिबल प्रतियोगिताको आगामी संकरण बाँकेमा आयोजना हुँदैछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here