रेडियो अनमोलको ७ दिने तालिम सुरु

16
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१८-

हेटौँडामा यहि असोजमा सञ्चालनमा आउन थालेको रेडियो अनमोल ९० मेगाहर्जले आजबाट ७ दिने रेडियो उद्घोषण तथा स्टेज पर्फोमेन्स् तालिम सुरु गरेको छ । तालिमको आज पहिलो दिन रेडियोको ईतिहास र यसका महत्वका बारेमा प्रशिक्षण दिइएको रेडियोका स्टेसन कोअर्डिनेटर बालकृष्ण दाहालले जानकारी दिए । ७ दिनसम्म चल्ने तालिममा रेडियो उद्घोषण, रेडियो नाटक, रेडियो कार्यक्रम स्क्रीप्ट लेखन, रेडियो कार्यक्रम उत्पादन, रेडियो प्राविधिक तथा स्टेज पर्फोमेन्सका बारेमा प्रयोगात्मक कक्षा हुने बताइएको छ ।

तालिमपश्चात उत्कृष्ट हुनेलाई रेडियो अनमोलमा रोजगारीको अवसर दिईनुका साथै तालिम लिने अन्यलाई समेत रेडियो कार्यक्रम उत्पादनमा लगाईने बताइएको छ । तालिममा विभिन्न अनुभवि दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने दाहालले जानकारी दिए । उद्घाटन कार्यक्रममा मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल, तु खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान, सञ्चारकर्मी बलराम पुडासैनी, सलिना ढुङ्गेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here