रेडियो थाहा सञ्चारद्वारा अग्निहोत्री आश्रमलाई धार्मिक पुस्तक सहयोग

7
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,२-

विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चारले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । रेडियोले आज दोस्रो दिन रजैयास्थित अग्नीहोत्री आश्रमलाई धार्मिक पुस्तक वितरण गरेको छ । शुक्र नीति, शुक्ल एर्जुवेद संहिता, चाणक्य नीति, कौटिल्य अर्थशास्त्र,नारादिय पूराणाम, कर्मकाण्ड प्रद्दिप, कात्यायन शुल्बब शुत्र लगायतका पुस्तक आश्रमलाई सहयोग गरिएको हो । रेडियोका सञ्चालक संरक्षक अजयराज सुमार्गीले आश्रमका गुरु डाक्टर सिताराम खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विन्दवासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गी, सञ्चालकद्वय अरुणराज सुमार्गी, अंकिता सुमार्गी लगायतको उपस्थिति रहेको थियो ।

पुस्तक वितरण गर्दै रेडियोका सञ्चालक सुमार्गीले आगामी दिनमा पनि चाहिने पुस्तकहरु रेडियोले उपलब्ध गराउने प्रतिवद्दता जनाएका छन् । ६ वर्ष अघि स्थापना भएको आश्रममा १२ जना विद्यार्थीहरु वैदिक विधि अध्ययन गरिरहेका छन् । यसैबीच, वार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि थाहा दर्शनको बारेमा समकालिन राजनीतिक कति जनमुखी भन्ने विषयमा अन्तरक्रिया गर्ने, पर्सि ४ गते हेटौँडाको बुद्द चोकमा रक्तदान कार्यक्रम, ५ गते साईकल ¥याली तथा विश्व साईकल यात्री पुष्कर शाहलाई सम्मान गर्ने , ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी, थाहा सम्मान गरी रेडियोको वार्षिकोत्सव समापन गरिने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here