रोनाल्डोले बनाए अर्को कीर्तिमान

22
Want create site? Find Free WordPress Themes and plugins.

असार ९ – पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबलमा कीर्तिमान बनाएका छन् । बुधबार राति भएको हंगेरीसँगको खेलमा दुई गोल गरेका रोनाल्डो युरोकपका चार वटा प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । रोनाल्डोले सन् २००४, २००८, २०१२ र २०१६ मा गोल गरेर कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यो युरोकपमा सुरुका दुई खेलमा गोल गर्न नसकेका रोनाल्डोले कीर्तिमान बनाउन समूह चरणको अन्तिम खेल कुर्नु पर्‍यो । रोनाल्डोले युरोकपमा पहिलो गोल सन् २००४ को युरोकपको उद्घाटन खेलमा गरेका थिए । ग्रिससँगको खेलमा रोनाल्डोले गोल गरेपनि पोर्चुगल २–१ ले हारेको थियो । त्यो युरोकपमा फाइनलमा पुगेको पोर्चुगल ग्रिससँगै पराजित भएर उपविजेतामा सीमित भएको थियो । सन् २००४ को युरोकपमा उनले थप एक गोल गरेका थिए । यस्तै सन् २००८ मा रोनाल्डोले एक गोल मात्रै गरे । सन् २०१२ को युरोकपमा उनले तीन गोल गरे । उनले अहिलेसम्म युरोकपमा ८ गोल गरेका छन् । रोनाल्डो युरोकपका सर्वकालिन सर्वाधिक गोलकर्ता मिचेल प्लाटिनी भन्दा एक गोलले मात्रै पछि छन् । प्लाटिनीले युरोकपमा ९ गोल गरेका छन् । यस्तै रोनाल्डोले क्लब राष्ट्रिय टिमबाट गरी ८ सय खेल खेलका छन् । उनले यी ८ सय खेलमा पाँच सय ४५ गोल गरेका छन् ।
– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here