रौतहटमा मोर्चा कार्यकर्ता र प्रहरीबिच झडप

101
Want create site? Find Free WordPress Themes and plugins.

वैशाख,७–

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच रौतहटमा झडप भएको छ ।  कांग्रेस, माओवादी र एमालेका सांसदहरु सम्मिलित जनता आवास सम्बन्धी कार्यक्रम मोर्चा कार्यकर्ताहरुले विथोल्न खोजेका थिए । मोर्चाको केन्द्रीय कार्यक्रमअनुसार लाठी जुलुस प्रदर्शन पनि भइरहेको थियो । लाठी जुलुसकै कार्यक्रममा मोर्चा कार्यकर्ताहरुले नगरपालिकाको आवाससम्बन्धी कार्यक्रमलाई बिथोल्ने उद्देश्यले आक्रमण गरेको र प्रहरीमाथि आक्रमण हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ४ राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकृष्ण भण्डारीले बताउनुभएको छ् । गौर नगरपालिकाको सभाकक्षमा जनता आवास सम्बन्धी कार्यक्रमलाई एमाले सांसद राम कुमार भट्टराईले सम्बोधन गर्ने थाहा पाएपछि लाठी जुलुसमा रहेका मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम बिथोल्न खोजेका थिए ।  प्रहरीसँग झडप हुन थालेपछि प्रहरीले मोर्चाका केही नेताहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्व सांसद रम्भा देवी यादव, रामेश्वर यादव, अरुण सिंह, धर्मेन्द्र पटेलसमेत आठजना रहेको प्रवक्ता भन्डारीले बताउनुभयो । पक्राउ परेकाहरु राष्ट्रिय जनता पार्टी (राजपा)का नेता हुन् ।  नेताहरु पक्राउ परेपछि मोर्चाका कार्यकर्ताहरुले केही घन्टा जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना दिएका थिए । पक्राउ परेका मोर्चाका सबै नेता तथा कार्यकर्तालाई बेलुका रिहा गरिएको डिएसपि भन्डारीले बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here