लमजुङमा दुर्घटना हुदा एक जनाको मृत्यु

36
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१२–

लमजुङको सुन्दरबजार नगरपालिका–४ फेदीकुनास्थित अधेँरीखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । सुन्दरबजारबाट भोटेओडार जाँदै गरेको ग १ त ३०२३ नम्बरको ट्रयाक्टर बुधबार सवा १ बजे अधेँरीखोलामा दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक तनहुँ रुपाकोट–२ मानेचौकाका अन्दाजी वर्ष २७ का पूर्ण बहादुर तामाङको ज्यान गएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ । ढुंगा लोड गरी सुन्दरबजारबाट भोटेओडार जाँदै गरेको ट्रयाक्टरको ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  ट्रयाक्टरले च्यापिएको अवस्थामा रहेका चालक सुन्दरबजार–६ बस्ने सुरज गायकलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । चालक गायकलाई उपचारका लागि सुन्दरबजारको कर्मदा अस्पतालमा पठाइएको छ । चालकको अवस्था सामान्य रहेको कर्मदा अस्पतालका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । ट्रयाक्टरबाट हाम फालेर अर्का एकजनाले ज्यान बचाएको पनि प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here