लरीमा बस ठोक्किँदा दुईजनाको मृत्यु

47
Want create site? Find Free WordPress Themes and plugins.

असोज २२ – कोसी राजमार्ग अन्तर्गत टङ्किसिनवारीमा रोकिराखिएको लरीमा पछाडीबाट यात्रु बस ठोक्किँदा दुईजनाको ज्यान गएको छ । यस्तै २४ जना घाइते भएका छन् । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको ना ४ ख ६०८० नम्बरको बस शुक्रबार बेलुका टङ्किसिनवारी–५ स्थित सडक किनारमा रोकिराखिएको एमएलओ एल–डी ९६३१ नंको भारतीय लरीको पछाडी ठोक्किएको थियो । दुर्घटनामा परि बसमा सवार सुनसरी चक्रघट्टी–४ की ५६ वर्षीया देविका कार्की र दुहवी–९ का अभिषेक झाको ज्यान गएको हो । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा शनिबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका बस र लरीका चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । रासस

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here