ललितपुर महानगरको मतगणना सुरु, आजै परिणाम आउने

50
Want create site? Find Free WordPress Themes and plugins.

जेठ,९-

ललितपुर महानगरपालिकाको मत गणना पुनः सुचारु भएको छ । सर्बदलीय बैठकमा एमाले बाहेकका दलहरुले मतगणना सुचारु गर्न सहमत भएका हुन् । एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको थियो । एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनले तीन वडामा पुनः मतगणनाको माग गरेका छन् । मुख्य निर्वाचन अधिकृतले भने गणनामा विवादमा परेका कर्मचारी सुरेश थापालाई निश्कासन गरेपनि पुनः गणना नहुने बताएका छन् । ललितपुरमा अब २९ वडाको मात्र गणना हुन बाँकी छ । त्यहाा करिव १३ सय मत खसेको छ । अहिलेसम्म नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जन २१४ मतले अगाडि छ । मर्हजनले २४ हजार ३२८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ११४ मत पाएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here