लाइन्सेन्स माग्दै यातायात कार्यालयमा तालाबन्दी, कर्मचारी थुनिए

92
Want create site? Find Free WordPress Themes and plugins.

साउन,३-

चालक अनुमति पत्र -लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् । सर्बर विगि्रएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्रहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । केहीबेर एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विगि्रयो ।

सर्बर विगि्रएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ । मंगलबार पनि सर्बरमा समस्या आएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् । सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विगि्रएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here